नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली

सारांश

  • काठमाडौं, २८ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग बुधबार भएकाे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
  • नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीले बताए ।

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग बुधबार भएकाे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।

नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीले बताए । “समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं” प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गरेका छन् । “हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं” प्रधानमन्त्रीले भनेका छन्, “हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।” चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी दिएका थिए ।

(https://goldchannel.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?