शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
३० पटक हेरिएको
Shares
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी

सारांश

  • काठमाडौं, ४ पुस ।
  • शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १-१ गोलको बराबरी खेलेको छ ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले कमजोर मानिएको बीबीसीसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

काठमाडौं, ४ पुस । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १-१ गोलको बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले कमजोर मानिएको बीबीसीसँग बराबरी खेल्दै अंक बाँडेको हो । बीबीसीविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन गर्‍यो । सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलको पाँचौं मिनेटमा नै कजिम बुसारीले गोल गर्दै बीबीसीलाई सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफसम्म एक गोलले पछि परेको पुलिसले खेलको दोस्रो हाफमा गोल गर्दै बराबरी बनाएको हो । पुलिसका लागि अभिशेष रिजालले खेलको ७५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

बराबरीसँगै पुलिसले ९ खेलबाट १५ अंक बनाएको छ । यता, बीबीसीको भने ९ खेलबाट पाँच अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?