जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
२४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ जेठ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ ।
  • सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ ।

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ ।

सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरुमाथि लगाएका झुट्ठा मुद्दा कानुनबमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्नसमेत सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?