शेयर बजारमा झिनो अङ्कको सुधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
५० पटक हेरिएको
Shares
शेयर बजारमा झिनो अङ्कको सुधार

सारांश

  • काठमाडौँ ।
  • यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ ।
  • आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो ।

काठमाडौँ । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो ।

आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो ।

आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको रू आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला
आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
नेपालबारे मदन र माओको यस्तो बहस !
नेपालबारे मदन र माओको यस्तो बहस !
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
अपहरित ७९ जना विद्यार्थी नियन्त्रणमुक्त
अपहरित ७९ जना विद्यार्थी नियन्त्रणमुक्त
हजुरआमासंग सुतेकी छोरीलाई तानेर बलात्कार
हजुरआमासंग सुतेकी छोरीलाई तानेर बलात्कार
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?