मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)

सारांश

  • काठमाडाै, २९ साउन ।
  • मर्सी एजुकेशन प्रालिले अार्इफाेन एक्स पुरस्कार स्वरूप बितरण गरेकाे छ ।
  • विश्वकप फुटबल २०१८ मा भविष्यवाणी गर्नेमध्य गाेला प्रथाबाट छनाैट गरी मंगलबार एक कार्यक्रमबीच पुरस्कार बितरण गरेकाे हाे ।

काठमाडाै, २९ साउन । मर्सी एजुकेशन प्रालिले अार्इफाेन एक्स पुरस्कार स्वरूप बितरण गरेकाे छ । विश्वकप फुटबल २०१८ मा भविष्यवाणी गर्नेमध्य गाेला प्रथाबाट छनाैट गरी मंगलबार एक कार्यक्रमबीच पुरस्कार बितरण गरेकाे हाे ।

मर्सी एजुकेशन प्रालिले गत जुन १४ बाट जुलार्इ १५ सम्म् संचालीत विश्वकप फुटबल २०१८ मा ‘प्रेडिक्ट एण्ड विन  कार्यक्रम ‘ संचालन गरेकाे थियाे । उक्त प्रतियाेगितामा सही अनुमान गरेर ग्रान्ड प्राइज तर्फ विजय खत्रीले अार्इफाेन एक्स् जितेका छन् । त्यस्तै गाेल्डेन  ग्लाेभ प्रिडिक्सन तर्फ सराेज कार्की विजयी भएका छन् । गाेल्डेन बुट प्रिडिक्सन तर्फ रस्मित पाेखरेल, बेस्ट प्लेयर प्रिडिक्सन  तर्फ  अाशिष श्रेष्ठ र वर्ल्डकप विनर प्रिडिक्सन तर्फ अाश्विन अधिकारी विजयी भएका थिए । विजेताहरु ४ जनालाई ट्याव उपहार दिइएकाे थियाे ।

उक्त खेल अवधिभरि भविष्यवाणी गरेर जित्ने हरेक दिनमा एकजना भाग्यशाली विजेतालार्इ विभिन्न उपहार तथा रिचार्ज कार्ड प्रदान गरिएकाे मर्सी एजुकेशन प्रालिका अध्यक्ष राम टण्डनले बताए ।  सन २००३ मा स्थापना भएकाे मर्सी एजुकेशनकाे प्रधान कार्यालय महाराजगञ्जमा रहेकाे छ । टण्डनका अनुसार मर्सीले विशेषगरी अष्टेलिया, अमेरीका, न्यूजिल्याण्ड, जापान, युराेप, भारत लगायतका मुलुकहरूमा उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्ष्यित गरी सेवा प्रदान गर्दै अाइरहेकाे छ ।

त्यसैगरी मर्सीले IELTS, TOFEL र PTE का कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ । मर्सी एजुकेशन प्रालिको फेसबुक पेजमार्फत गरिएको उक्त कार्यक्रममा करिव  ६ हजार १  सय ६७ जनाले भाग लगेका थिए । कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानमा करिब ४ सय २ जना सदस्य रहेको र त्यसमध्ये मर्सीले २२ सय ३० वटा कन्सल्ट्यान्सीको बीचमा आफूलाई अग्रभागमा राख्न सफल भएकाे बताए ।  

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?