एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
सारांश
- काठमाडौं, ३० बैशाख ।
- प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका– ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ ।
- श्रीमानले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
काठमाडौं, ३० बैशाख । प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका– ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । श्रीमानले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
“बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुराउनुभयो र फर्कने बेला बजारमा पुगेकी दिदीसँग जान्छु भन्दा उहाँले मै पुराइदिन्छु भनेर फेरि मोटरसाइकलमा बस्न लगाउनुभयो ।” महिलाले थपिन् “तर दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो ।”
पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहेरी दिएको नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाका अनुसार उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्राचार गरिसकेको उनले बताए । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन् ।
Buddhi Tamang
Lastai xa k eni haru
Tanka Giri
बलात्कार नेपालको नारिहरुको लागि फेसन जस्तै भयो राम्रो र इज्जतमा बस्ने नारी १००%मा १% पनि बलात्कार हुदैनन चरित्र हिन नारिको लागि बलात्कार पेशा जस्तै भयो मिलेमतोमा काम सप्पन्न गरायो समस्या उत्पन्न भए पछि पुरुषको थाप्लोमा फाल्यो यो सरासर गलत हो पुरुष नारी दुबैलाइ सहिगलत छुट्याएर कार्वाही प्रक्रिया अघि बडाइयोस