कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति

सारांश

  • बीबीसी।
  • चीनको शीर्ष नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा 'सरकारी कमजोरी र अपूर्णता' पाइएको स्वीकारेका छन्।
  • शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ।

बीबीसी। चीनको शीर्ष नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा 'सरकारी कमजोरी र अपूर्णता' पाइएको स्वीकारेका छन्।

शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ।

भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत देशका सातजना शीर्ष नेताहरू हुने उक्त समितिले निर्देशन दिएको छ।

राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षता गरेको उक्त बैठकको समाचार सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको थियो।

जसले यस प्रकोपलाई 'एउटा ठूलो परीक्षा' भन्दै चीनको शासन प्रणालीले थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको छ।

चिनियाँ नेतृत्वले यस प्रकोपलाई 'एउटा ठूलो परीक्षा' भन्दै चीनको शासन प्रणालीमा थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको छ।
उनीहरूले गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्ने बताएका छन्।

त्यसलाई उनीहरूले दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्ने बताउँदै त्यस्ता बजारमा हुने अनुगमनलाई बढाउनुपर्ने जनाएका छन्।

वुहान शहर आफूहरूको उच्च प्राथमिकतामा रहेको भन्दै त्यहाँ थप स्वास्थ्यकर्मी पठाइने उक्त शीर्ष समितिले जनाएको छ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ।

चमेरोलाई समेत भाइरसको सम्भावित स्रोतको रूपमा पाइएको कुरा चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ।

तर त्यो त्यहाँ सहजै पाइने पक्षी नभएकाले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।

कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म १७ हजार मानिसमा संक्रमण पाइएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

अन्य एक दर्जनभन्दा बढि देशका १५० भन्दा बढि मानिसमा पाइएको संक्रमणमा चीन बाहिर समेत फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।

यद्यपि चिनियाँ टेलिभिजनले मङ्गलवार सबेरै बताए अनुसार सबैभन्दा बढि प्रभावित हुबे प्रान्तमा थप ६४ जनाले ज्यान गुमाएको र दुई हजार तीन सयभन्दा बढि नयाँ संक्रमण पाइएको बताइएको छ।

मुख्यभूमि चीनमा यसरी ज्यान गुमाउनेको सङ्ख्या सन् २००२-०३ मा फैलिएको सार्सभन्दा धेरै भइसकेको छ।

ज्यानुअरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भाइरसबारे विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।

जी सेभेन समूहका देशहरू – अमेरिका, जर्मनी, जापान, ब्रिटेन, क्यानाडा, फ्रान्स र इटलीका स्वास्थ्य मन्त्रीहरूले सोमवार एउटा बैठक गरेका छन्।

जसमा उनीहरू यात्रा नियमन, अध्ययन-अनुसन्धान र विश्व स्वास्थ्य संगठन एवं चीनसँग सहकार्य गर्ने सहमति गरेको जर्मन स्वास्थ्यमन्त्री यन्स स्पानले जनाएका छन्।

ज्यानुअरी २३ तारिखमा अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई भाइरस देखापरेको वुहान शहरबाट फर्किन निर्देशन दिएको थियो।

थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याएका छन् र सुरुवाती केही दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?