एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।
  • राजधानी हरारेमा नेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा हुन लागेको हो ।

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।

राजधानी हरारेमा नेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन् ।

अमेरिकासँग आज हुने खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको संभावना कायमै रहने छ । वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने दवाव छ ।

जिम्वाबे विरुद्ध पराजित हुँदा पनि राम्रो प्रदर्शन गरेको अमेरिकालाई पराजित गर्ने विश्वास नेपाली टोलीको छ । छनोट अन्तरत नै नेपालले असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध खेल्नेछ भने असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ ।

सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ । सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा नेपाल सहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका, र वेस्टइन्डिज छन् ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय बृद्ध गम्भीर घाईते
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते

तपाईंले छुटाउनुभयो कि?