एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ११, २०७९
|
|
३२ पटक हेरिएको
Shares
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ।
  • शनिबार बसेको सचिवालय बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

काठमाडौं। नेकपा एमालेले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ।
शनिबार बसेको सचिवालय बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ। ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उउपप्रमुखमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ।
भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ। दुबै महानगरको उमपेयरको उम्मेदवार तोक्न बाँकी रहेको जनाएको छ।
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ ।
उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस हुनेहरुमा धनगढी प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु, नेपालगञ्ज प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल, तुलसीपुर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी घोराही प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी, बुटवल प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल, हेटौंडा अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले, धरान प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्बु, इटहरी प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी, कलैया प्रमुखमा विनोद साह रहरेका छन्।[image: UML-5.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
जिउँदै गाडिएको नवजात शिशुलाई कुकुरले निकालेर ल्याएपछि
जिउँदै गाडिएको नवजात शिशुलाई कुकुरले निकालेर ल्याएपछि
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन
पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान

तपाईंले छुटाउनुभयो कि?