चुनाव पर्यवेक्षणका लागि जापानी उप-विदेशमन्त्री आउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
चुनाव पर्यवेक्षणका लागि जापानी उप-विदेशमन्त्री आउँदै

सारांश

  • काठमाडौं १९ मंसिर,  ।
  •  जापानका संसदीय उप-विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् ।
  • उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार नेपाल आउन लागेका हुन् ।

काठमाडौं १९ मंसिर,  । जापानका संसदीय उप-विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार नेपाल आउन लागेका हुन् ।

नेपालका लागि जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार होरीको टोलीले बुधबार दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यसअघि टोलीले प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नेछन् । अपरान्ह अन्नपूर्ण होटलमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु, काठमाडौंस्थित कुटनीतिक समुदाय तथा विकास साझेदारहरुबीच अन्तरक्रियामा टोली सहभागी हुनेछ ।

बिहीबार चुनावका दिन विभिन्न मतदान केन्द्रहरुमा पुगेर टोलीले पर्यवेक्षण गर्ने विज्ञप्तिमा उल्लेख छ । टोली शुक्रबार स्वदेश फर्किनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?