गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा

सारांश

  • काठमाडाै, १ जेठ ।
  • गृहमन्त्री  राम बहादुर थापाले  गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् ।
  • विकास र शान्ति सुरक्षामा बाधा पुर्‍याउने, महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् ।

काठमाडाै, १ जेठ । गृहमन्त्री  राम बहादुर थापाले  गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् ।

विकास र शान्ति सुरक्षामा बाधा पुर्‍याउने, महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् । ‘गुन्डाराजको छिटोभन्दा  छिटाे अन्त्य गर्छाैँ  थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुको ब्ल्याक लिस्ट तयार हुँदैछ ।’

गुन्डाहरुको अन्त्य गर्ने अभियान देशव्यापी रुपमा चलाउन लागिएको बताउने थापाले प्रदेश ४ मा पनि यो अभियान चलाउन लागेको बताए ।  गुन्डागर्दीकै करण कुनै पनि घटना वा विकास निर्माणको काम रोकिन नदिन गृहमन्त्री थापाले आइतबारको सुरक्षा गोष्ठीमा निर्देशन पनि दिएका थिए ।
सबै सिन्डिकेट अन्त्य
गृहमन्त्री थापाले देशबाट अब सबैखाले सिन्डिकेटको अन्त्य हुने पनि बताएका छन् । ‘यातायात क्षेत्रको सिन्डिकेट तोडिइसकेको छ,’ उनले भने, ‘अब यो क्षेत्रमा आउन अरु व्यवसायीलाई पनि बाटो खुलेको छ ।’
यातायात सिन्डिकेट अन्त्यसँगै मुठीभरका व्यवसायीलाई मात्रै फाइदा पुग्ने स्थिति नरहेर अब खुला भएको उनले बताए ।

मिटरमा टयाक्सी चलाउने कुरा, ट्रक व्यवसायी, ट्रान्सपोर्ट लगायतका क्षेत्रमा पनि सिन्डिकेट कायमै रहेको गुनासो आइरहेकाले सबैको अन्त्य गर्ने उनले बताए ।
यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको भएको गृहमन्त्री थापाले बताए । ‘समितिका खाताबाट जति रकम निकाल्नु उनीहरुले पहिल्यै निकाले, अब त्यो रकम सबै सरकारको हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘बिमा, सुरक्षा र क्षतिपूर्तिका विषयमा सरकारले ठोस योजना ल्याएसँगै सबै सिन्डिकेट अन्त्य हुन्छ ।’
प्रहरीभित्र सबै तहको बढुवा गर्नका लागि तल्लो तहबाट बढुवाको थालनी गरिएको पनि उनले बताए । ‘तल्लो तहबाट बढुवा थालिएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब डिआइजीहरुको पनि बुढो नहुँदै बढुवा हुन्छ ।’

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Tanka Giri

    गुन्डा नाइके गगन थापाको नाम पहिलो नम्बरमा राख्नु होला किनकी यस्ले देश बिकासमा बाधा पुर्याउन सक्छ

    Comment Author

    Karki Nabim

    Phila afno xoro li listed garnu pario ni

    Comment Author

    Shyam Fayal

    Pahilo number ta aafnai bata suru garne holani haina?

    Comment Author

    Paudel Laxman

    Katai tyo list ma afnai manche tai parenan 1 patak ramro sanga hernus news ma ta kura arkai auchan

    Comment Author

    Rai Man

    Magar ko chhoro ko name list kati No, ma parchha hola, yo chahi bado chinta ko bishya vo baa.

    Comment Author

    Hsejar Francu Gnamat

    Vayex pokhara ma scurting sahit mama shree

    Comment Author

    Kumar Tamang

    Pahila neta batta nai suru garnu parcha tesh pachi gunda afai nirmul huncha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?