पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
४२ पटक हेरिएको
Shares
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
  • आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको हो । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु १० वृद्धि भएको निगमले जनाएको छ ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.५४५ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी एक महिनामा करिब रु ७ अर्ब ४० करोड नोक्सानी हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल
विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)
वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?