ओली-दाहालबीचको भेटवार्ता सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
३९ पटक हेरिएको
Shares
ओली-दाहालबीचको भेटवार्ता सम्पन्न

सारांश

  • काठमाडौं, २३ असार ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • पार्टीभित्रको आन्तरिक विवाद हल गर्नेगरि भएको दुई अध्यक्षबीचको एक्लाएक्लै भेटवार्ता भर्खरै सम्पन्न भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नेगरि भएको दुई अध्यक्षबीचको एक्लाएक्लै भेटवार्ता भर्खरै सम्पन्न भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अध्यक्षद्धयबीचको भेटवार्ता सकारात्मक भएको दाहालनिकट स्रोतले जनाएको छ । दुई अध्यक्षले सम्वादलाई जारी राख्ने सहमति गरेका छन् ।

असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकको पहिलो दिनमै ओलीको राजीनामा माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । योसँगै नेकपाभित्रको आन्तरिक द्धन्द्ध चर्किएको छ।

स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय गरिएको छ । भोलिको बैठक बस्नुअघि पनि दुई अध्यक्षबीच पूनः छलफल हुने भएको छ । पार्टीभित्रको विवादलाई आपसी सहमतिका आधारमा नै हल गर्न दुई अध्यक्ष राजी भएको र यस सहमतिमा बरिष्ठ नेताहरुलाई पनि ल्याईने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी