एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

सारांश

  • जुम्ला, २२ असोज आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ ।
  • प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ ।
  • त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा (एमाले)का नेता पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।

जुम्ला, २२ असोज आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा (एमाले)का नेता पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।

त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

उम्मेदवार सिफारिसमा पार्टीभित्रको असन्तुष्ट पक्षले अहिले पनि विरोध गरिरहेको परिषद् सदस्य रोकायाको भनाइ छ । अहिले नाम सिफारिस भए पनि एकताबाट प्राप्त निर्देशनअनुसार मान्नुपर्ने एमालेका जिल्ला नेता धीरेन्द्र गिरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?