नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
४१ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ ।
  • बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।
  • नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।

नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराएका थिए । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल