एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै

सारांश

  • काठमाडौं, माघ ७ ।
  • एमाले–माओवादीको एकता संयोजन समितिको बैठक आज बस्दैछ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

काठमाडौं, माघ ७ । एमाले–माओवादीको एकता संयोजन समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

यसअघि शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आजको बैठकमा एजेण्डाबारे छलफल भएको थियो ।

आजको बैठकमा राष्ट्रिय सभामा उम्मेवार, प्रदेशका मुख्यमन्त्रीलगायतका विषयमा छलफल हुनेछ । साथै दुई दलले गठन गरेको संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?