यस्तो छ विप्लवको भूमिगत सञ्जाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
यस्तो छ विप्लवको भूमिगत सञ्जाल

सारांश

  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ।
  • सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ।
  • अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’

उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ। समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो। ‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने।

सरकारले प्रतिबन्ध लगाउनुअघि १६ वटा ब्युरो थियो। तर सरकारी प्रतिबन्धपछि ब्युरो इन्चार्ज रहेका केही नेता निष्क्रिय र केही नेता पक्राउ परेपछि चैतको स्थायी समिति बैठकबाट ब्युरो संरचनामा हेरफेर गरेको हो। त्यसबेलाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन) पक्राउ परेपछि बसेको स्थायी समिति बैठकले समूहको संरचनामा हेरफेर गर्दै युद्धकालीन संरचना निर्माण गरेको हो।

१६ बाट ४ वटा ब्युरोलाई अन्य ब्युरोमा गाभेर विप्लव समूहले १२ वटा ब्युरो बनाएको छ। यो संरचना गोप्य छ। प्रतिबन्धित समूहका कतिपय नेता–कार्यकर्तालाई देशभरका आन्तरिक संरचनाका विषयमा जानकारीसमेत छैन। ५ सदस्यीय स्थायी समितिमध्ये १ जना स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) जेलमा छन्।

अन्य ४ नेतामध्ये महासचिव विप्लवले सिंगो पार्टीको कमान्ड गरेका छन् भने अन्य तीन नेताले क्षेत्रीय कमान्डको जिम्मेवारी सम्हालेका छन्। केन्द्रीय तहमै नेतृत्व (समूह महासचिव), स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति गरी चार तहको संरचना छ। त्यसपछि कमान्ड, कमान्डअन्तर्गत ब्युरो र ब्युरोअन्तर्गत जिल्ला कमिटी रहने गरी संरचना बनाइएको छ।

विगतमा माओवादीले जस्तै युद्धकालीन संरचना बनाएर विप्लव समूहले गतिविधि अगाडि बढाएको छ। पूर्वी कमान्डमा सन्तोष बुढामगर (विषम), मध्यकमान्डमा प्रवक्ताको जिम्मेवारीमा समेत रहेका खडकबहादुर विश्वकर्मा (प्रकाण्ड), मध्यपश्चिम कमान्डमा चन्द्रबहादुर चन्द (वीरजंग) र पश्चिम कमान्डमा धर्मेन्द्र बास्तोला (कञ्चन) ले जिम्मेवारी पाएका छन्।

यीमध्ये बुढा, विश्वकर्मा र बास्तोला समूह स्थायी समिति सदस्य हुन्। चन्द भने पोलिटब्युरो सदस्य हुन्। उनी महासचिव विप्लवका दाजु हुन्। यसअगाडि उनी लुम्बिनी ब्युरो इन्चार्ज थिए। प्रत्येक कमान्डमा तीन–तीन वटा ब्युरो रहने गरी संरचना बनाइएको छ। पूर्वी कमान्डअन्तर्गत मेची–कोसी ब्युरो, सगरमाथा र जनकपुर ब्युरो छन्। मेची–कोसीमा अनु (उमा भुजेल), सगरमाथामा अधिकार (दीपेश राई) र जनकपुरमा सन्देश (सन्देश पौडेल) इन्चार्ज छन्। भुजेल पोलिटब्युरो सदस्य हुन् भने राई र पौडेल केन्द्रीय सदस्य। अन्नपूर्णपोष्टबाट

नेपालमै पानीजहाज बन्दै, २ महिनापछि सञ्चालनमा आउने
चितवनका युवाहरू मिलेर ’रिभर क्रुजशिप’ अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्। राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा ६ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ। उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।

“म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रुजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,“ कँडेलले भने।

त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए।

नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ। यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रुज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको उनले बताए।

नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए।

पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्याउने योजनाकारको अपेक्षा रहेको छ।

चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए।

कँडेलले भने, “नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो।“ दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट(गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको बताइएको छ।

एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा दुईतले हुनेछ र त्यसमा दुई सय जना अट्छन्। पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने बताइएको छ। पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ। पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ। बिबिसीबाट

साउन ५ गते आइतबारको राशीफल यस्तो छ
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल¬)

सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।

‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले आज आयोजना गरेको साक्षात्कारमा पौडेलले बोल्दै उनले यस्तो बताएका हुन् । उनले अगाडि थपे, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले अहिलेको गतिविधिमा खटाइएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा २ साउनमा बोल्दै उनले योजनावद्ध तरिकाले पठाइएका उनलाई योजनामुताबिक नै ल्याइने खुलासा समेत गरे ।

‘विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए ।

जातीय र क्षेत्रीयका अलावा साम्प्रादायिक मुद्दा उठाएर देशलाई समस्यामा पारेकाले विप्लव जन्मिएको बताए । उनले राजनीतिक अपरिपक्वताले देश समस्यामा परेको समेत बताए ।

१. मेष राशिआइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल 
साताको सुरुवात अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको मध्य अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको अन्त्य तिर मानसिक असन्तोष पैदा हुनेछ। आफ्नो कुटुम्ब हरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला। कार्य्सिद्धिमा बाधा अडचन आउनेछ। घाटा बाधा आदिको सामना गर्नुपर्ला। स्वास्थ्यमा प्रतिकूल असर आदि हुनसक्छ। पढाइमा मन जाँदैन।

२. बृष राशि
साताको सुरुवातमा व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको मध्य अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको अन्त्य तिर अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।

३. मिथुन राशि
साताको सुरुवातमा कार्य्सिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको मध्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको अन्त्य तिर अनुकुल नरहला। तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ।

४. कर्कट राशि
साताको सुरुवातमा लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। तपाईंको कार्य्िसद्धि हुनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको मध्य तिर कार्य्सिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको अन्त्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ।

५. सिंह राशि
साताको सुरुवातमा स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको मध्य तिर लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको अन्त्य तिर कार्य्िसद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ।

६. कन्या राशि
साताको सुरुवातमा धन लाभ हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको मध्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको अन्त्य तिर मानसिक चिन्ता र असन्तुष्टि रहला। व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ। स्वास्थ्यले साथ नदेला। यो समय अवधिमा धार्मिक स्थलको दर्शन गरी दानदक्षिणा दिनको लागि उत्तम हुन्छ।

७. तुला राशि
साताको सुरुवातमा मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको मध्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको अन्त्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग, घाटा आकास्मिक संकट आदिको भय रहन्छ।

८.वृश्चिक राशि
साताको सुरुवातमा पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। साताको मध्य तिर मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको अन्त्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।

९. धनु राशि
साताको सुरुवातमा मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको मध्य तिर पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्याय मा वृद्धि हुनसक्छ।

१०. मकर राशि
साताको सुरुवातमा सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको मध्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको अन्त्य तिर यात्रा कष्टकर रहला। मन अशान्त रहनेछ र पढाइमा पनि मन जादैन। निराशाजनक फल हात पार्न सक्ला।

११. कुम्भ राशि
साताको सुरुवातमा बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको मध्य तिर सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको अन्त्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला।

१२. मीन राशि
साताको सुरुवातमा अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको मध्य तिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको अन्त्य तिर सुख र धन प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला।समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ।

ज्योतिषः गोपाल अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?