कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।
  • कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइएको हो ।

काठमाडौं, २७ भदौ । कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइएको हो ।

आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

“मैले कतारका धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ । तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ”, कतारका लागि नेपाली राजदूत रेशमप्रसाद कोइरालाले भने । कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल झन्डै ३ लाख ८४ हजार रुपैयाँसम्म भुक्तानी गरेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?