एमाले २५ सिट, कांग्रेस १३ र माओवादी केन्द्र ११ सिटमा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
एमाले २५ सिट, कांग्रेस १३ र माओवादी केन्द्र ११ सिटमा विजयी

सारांश

  • काठमाडौं, माघ २५ ।
  • राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले २५ सिट, कांग्रेसले १३ र माओवादी केन्द्रले ११ सिट जितेको छ ।
  • संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् ।

काठमाडौं, माघ २५ । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले २५ सिट, कांग्रेसले १३ र माओवादी केन्द्रले ११ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । वाम गठबन्धनले जम्मा ३६ सिट जितेको छ ।

५६ सिटमध्ये प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी, सरिता प्रसार्इं, माओवादी केन्द्रकी बीना पोखरेल निर्विरोध भएका थिए ।

प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रका शशिकला दाहाल, संघीय समाजवादी फोरम नेपालका प्रमिलाकुमारी, रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध निर्वाचित भएका थिए ।

प्रदेश ३ मा दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकबाट एमालेकै रामचन्द्र राई निर्वाचित भए । महिलातर्फ एमालेकी उदया शर्मा पौड्याल, दिलकुमारी थापा र कांग्रेसबाट धनकुमारी खतिवडा विजयी भएकी छन् । त्यस्तै, खुलातर्फ एमालेका बलरामप्रसाद बास्कोटा, कांग्रेसका राधेश्याम अधिकारी र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।

प्रदेश ४ मा एमालेबाट गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ विजयी भएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना) र प्रकाश पन्थ विजयी भए । माओवादीबाट दीनानाथ शर्मा, खिमकुमार विक निर्वाचित भए।

प्रदेश ५ मा एमालेका खिमलाल भट्टराई, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै, दलितबाट एमालेका रामलखन चमार र अल्पसंख्यकबाट माओवादीका राजकुमार कुँवर निर्वाचित भएका छन् । प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश ६ मा एमालेबाट नरपति लुवार, कविता बोगटी र नन्दा शर्मा चपार्इं विजयी भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट जीवन बुढा र युटोल तामाङ विजयी भए । प्रदेश ७ मा एमालेका चक्रप्रसाद सुवेदी र माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन् भने एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, माओवादीका हरिराम चौधरी निर्विरोध भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Birkha Rai

    Good2 Very Good News. ….,,,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा गोली लागेर एकजना  नेपालीको मृत्यु एक घाइते
अमेरिकामा गोली लागेर एकजना नेपालीको मृत्यु एक घाइते
ठेकेदारको लापरबाहीका कारण माथिल्लो तामाकोसीमा सवा अर्ब घाटा
ठेकेदारको लापरबाहीका कारण माथिल्लो तामाकोसीमा सवा अर्ब घाटा
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
यार्सागुम्बाको बजार मूल्यमा गिरावट
यार्सागुम्बाको बजार मूल्यमा गिरावट
सफल भैँसीपालक महिला उद्यमी वकी
सफल भैँसीपालक महिला उद्यमी वकी
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
मन्त्री पुगे, कर्मचारी बाटैमा हराए
मन्त्री पुगे, कर्मचारी बाटैमा हराए

तपाईंले छुटाउनुभयो कि?