प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे

सारांश

  • ल्हासा, ८ असार।
  • ६ दिने  चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा अाेलीकाे टाेली  ल्हासा पुगेको छ ।
  • चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले अाेली स‌ंग  नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

ल्हासा, ८ असार। ६ दिने  चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा अाेलीकाे टाेली  ल्हासा पुगेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले अाेली स‌ंग  नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।

नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार, वाणिज्य तथा सहयोगका संभावित अन्य क्षेत्रबारे समेत जानकारी गराएका थिए ।

नेपाली महावाणिज्यदूत गोविन्द कार्कीले नेपालीले ल्हासामा भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउँदै समाधानका लागि आफूहरु पनि तत्पर रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले नेपाली समुदायको गुनासालाई सम्बोधन गर्न तयार रहेको र त्यसबारेमा तिब्बत सरकारसँग पनि कुराकानी गर्ने बताएका थिए।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?