एसइईको नतिजा आज सार्वजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १३, २०८१
|
|
१७ पटक हेरिएको
Shares
एसइईको नतिजा आज सार्वजनिक हुँदै

सारांश

  • काठमाडाैंं।
  •   परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको छ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

काठमाडाैंं।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘नतिजा बुधबार सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले बिहीबार बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ।’

असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो। बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उनले जानकारी दिए।

आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन्। ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
qeydiyyat, bonuslar, yukle, depozi
रविको सहकारी ठगी जालो बढ्दै
रविको सहकारी ठगी जालो बढ्दै
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन

तपाईंले छुटाउनुभयो कि?