विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने

सारांश

  • काठमाडौ १२, फागुन।
  •  विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने भएको छ ।
  • यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।

काठमाडौ १२, फागुन। विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने भएको छ ।यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले पाकिस्तानले यही मार्चमा हुने साफ महिला च्याम्पियनसिपबाट नाम फिर्ता लिएको बताए । उनले भने, ‘पाकिस्तानले आफ्नै कारण देखाउँदै नाम फिर्ता लिएको छ । अब दुई वटा समूहमा तीन–तीन टिम भएका छन् ।’

पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि आज एन्फाले खेल तालिका परिवर्तन गरेको छ । समूह ‘ए’मा अब नेपाल, भूटान र बङ्गलादेशले मात्र प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।

सार्वजनिक गरिएको नयाँ खेल तालिकाअनुसार नेपालले उद्घाटन खेल यही फागुन २८ मा भूटानसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा आगामी चैत २ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुनेछन् ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?