फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
सारांश
- अस्बिन खड्का, २६ जेठ ।
- विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि विश्वकप प्रतियोगिता अबको केही दिनमा रुसमा हुनेछ ।
- कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो ।
अस्बिन खड्का, २६ जेठ । विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि विश्वकप प्रतियोगिता अबको केही दिनमा रुसमा हुनेछ ।
कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो । त्यसैले जित हासिल गर्नका लागि खेलाडीहरुले सकेसम्मको हतकण्डा अपनाउने गर्छन् । विश्वकपको इतिहासमा यस्ता धेरै घटनाहरु भएका छन् । जसमध्येका मुख्य विवादित घटना हरु यसप्रकार छन ।
१. ‘ह्याण्ड अफ गड’, १९८६

सन् १९८६ को क्वार्टरफाइनलमा इंगल्याण्ड र अर्जेन्टिनाविरुद्धको खेलमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले गरेको गोल विश्वकपको इतिहासमा सबैभन्दा विवादित गोल हो । यो गोल अहिलेसम्मको सबैभन्दा चर्चित गोल पनि हो । मेक्सिको सिटिमा भएको खेलमा म्याराडोनाले हातले बललाई पोस्टमा धकेलेका थिए । यो खेल अर्जेन्टिनाले जितेको थियो । म्याराडोनाले खेल सकिएपछि उक्त गोल भगवानको हातले गराएको भन्दै प्रतिक्रिया दिएका थिए ।
२. जिदानेको विपक्षी खेलाडी माथिको प्रहार, २००६

सन् २००६ को विश्वकप प्रतियोगितामा जिनेदिन जिदानले विपक्षी खेलाडीमाथि टाउकोले गरेको प्रहार पनि फुटबलको इतिहासमा एक बिर्सनलायक घटना हो । यसले जिदानको अन्तर्राष्ट्रिय करियर नै समाप्त गर्नसक्थ्यो तर पछि यो घटना शान्त भयो ।
इटालीसँगको खेलको क्रममा उनले म्याक्रो म्याटराजीमाथि प्रहार गरेका थिए । उनलाई टाउकोले प्रहार गरेसँगै रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । मिडफिल्डर म्यटराजीले पछि आफूले जिदानकी बहिनीको अपमान गरेको कारण उनले प्रहार गरेको बताएका थिए ।
३. जियोफ हर्स्टको विवादित गोल, १९६६
सन् १९६६ को विश्वकपको फाइनलमा इंगल्याण्ड र पश्चिम जर्मनीसँगको खेलको एक गोल निकै विवादित बन्न पुग्यो । इंगल्यण्डका जियोफ हर्स्टको उक्त खेलको दोस्रो गोल विवादित बन्न पुगेको हो । उनले प्रहार गरेको बल पोस्टबारमा लागेर गोलरेखाभित्र खसेको थियो र बाहिर निस्किएको थियो । २–२ को बराबरीमा रहेको खेलमा थपिएको समयमा यो गोल निस्किएको थियो । यो गोलको विषयमा रेफ्री पनि निश्चित थिएनन् तर यसलाई गोल दिइएको थियो । यो खेल इंगल्याण्डले ४–२ ले जितेको थियो र हर्स्टले ह्याट्रिक पूरा गरेका थिए । त्यतिबेला गोल हुनको लागि बलले जाली चुम्नुपर्छ भन्ने बुझाइ रहेको थियो र खेलमा रिप्लेको व्यवस्था पनि थिएन ।
४.आन्द्रेस इस्कोबारको आत्मघाती गोल, १९९४

सन् १९९४ मा अमेरिकामा भएको विश्वकप प्रतियोगितामा सबैभन्दा ठुलो वियोगान्त इतिहास लेखिएको थियो । यो विश्वकपको नकआउट चरणमा अमेरिकासँग कोलम्बिया २–१ गोलले पराजित भएको थियो । जसमा आन्द्रेस इस्कोबारले आत्मघाती गोल गरेका थिए । यो विश्वकपपछिको रात इस्कोबारको गोली हानी हत्या भयो ।
इस्कोबारको हत्या यो कारणलै नै भएको हो भन्ने यकिन पनि हुन सकेन । उनी कोलम्बियाको कमजोर नियमको पनि सिकार बन्न पुगे । निकै भरपर्दा डिफेन्डरको रुपमा रहेका उनको शवयात्रामा एक लाख २० हजारभन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।
५ .म्याराडोनाले ड्रग लिएको पुष्टि, १९९४

अर्जेन्टिनाका महत्वपूर्ण खेलाडी डिएगो म्याराडोना सन् १९९४ को विश्वकपको ड्रग लिएको पुष्टि भएको थियो । उनी यसअघि पनि सन् १९९१ मा इटालियन लिगमा कोकिनको प्रयोग गरेको आरोपमा १५ महिनाको लागि प्रतिबन्धमा परेका थिए । उनले सुरुको खेलमा ग्रिसविरुद्ध पनि गोल गरेका थिए तर उनको परीक्षण सो खेलमा नगरिएको कारण उनको विषयमा अहिले पनि विवाद आउने गरेको छ । त्यसपछि फिफाले उनलाई १५ महिनाको लागि प्रतिबन्ध लगाएको थियो र बाँकी खेल खेल्न पाएका थिएनन्, सन् १९९७ मा उनले ३६ वर्षको उमेरमा सन्यास लिएका थिए ।
६. विश्वकप फाइनलअघि रोनाल्डोको समस्या, १९९८

सन् १९९८ को विश्वकपको फाइनल खेल आयोजक फ्रान्स र ब्राजिलको बीचमा हुँदै थियो । यो खेलका लागि ब्राजिलका २१ वर्षीय खेलाडी रोनाल्डो निकै महत्वपूर्ण मानिएको थियो । साथै उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले सो विश्वकपमा गोल्डेन बुट पाउने अनुमान पनि गरिएको थियो तर उनको लागि फाइनल खेल फलदायी हुन सकेन ।
खेलको प्रारम्भिक टोलीको नाम सार्वजनिक गर्दा रोनाल्डोको नाम समावेश थिएन । यसले सबैलाई आश्चर्यमा पारेको थियो । पछि उनी टोलीमा समावेश भए पनि फ्रान्सले सो खेल ३–० ले सहजतापूर्वक जितेको थियो । यो खेल सकिएपछि रोनाल्डोले आफू खेलभन्दा एक घण्टाअघि केही गढबडी देखिएको बताएका थिए ।
७. लुइस स्वारेजको ह्याण्डबल, २०१०

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको खेलको नकआउट चरणमा पुग्ने घाना एक्लो टोली रहेको थियो । साथै सबै अफ्रिकाको आशा घानामा थियो । घानाको नकआउट चरणको खेल उरुग्वेसँग थियो तर घानामाथि लुइस स्वारेजले झेल गरे, जसले घाना घर फर्किन बाध्य भयो । घानाका डोमिनिक अदिइयादले गरेको हेडिङ गोल हुने अवस्थामा थियो र थपिएको समय सकिन केही क्षणमात्र बाँकी थियो । यसैबीच लुइस स्वारेजले हातले सो बल रोकिदिए र गोल हुनबाट बचाए । त्यसपछि स्वारेजलाई रातो कार्ड दिँदै घानालाई पेनाल्टी दिइएको थियो तर सो पोनाल्टी उरुग्वेका गोलकिपरले रोकिदिए । खेले पेनाल्टी सुटआउटमा पुग्यो र खेल उरुग्वेले जित्यो ।
त्यसको चार वर्षपछि ब्राजिलमा भएको समुहचरणको खेलमा पनि स्वारेजले इटालीका जर्जियो चिलेन्नीलाई टोकेका थिए, जसको कारण उनी लामो समय फिफाको प्रतिबन्धमा पनि परेका थिए ।
८. लुइस स्वारेजको टोकाई

सन् २०१० मा भएको विश्वकपको खेलमा उरुग्वे र इटाली बीचमा भएको खेल मा लुइस स्वारेज ले इटाली का डिफेन्स जर्जियो चिलोनी लाई खेल को क्रममा टोकेका थिय।
९. नेयमार घाईते ,ब्राजिलले खेल गुमायो

सन् २०१४ को आफ्नो देस मा भयको खेल मा विश्वकप जित्ने ठुलो मौका पायको ब्राजिल ले कोलम्बिया सग भयको खेलमा ब्राजिल ले आफ्नो महत्वपूर्ण र भरपर्दो खेलाडी नेयमार लाई गुमाउन पुगो खेल को क्रममा घाईते भयका नेयमार इन्जुरी भय पछि ब्राजिल लाई ठुलो धक्का लागेको थियो ।
प्रतिक्रिया