एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ९,कार्तिक।
  • कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कन्चनपुर का तत्कालीन प्रमुख प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरिएकाे छ।
  • दुवै लाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई बर्खास्त गरिएको हो।

काठमाडौ ९,कार्तिक।कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कन्चनपुर का तत्कालीन प्रमुख प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरिएकाे छ।

दुवै लाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई बर्खास्त गरिएको हो। बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको भन्दै भट्टलाई सेवाबाटै बर्खास्त गरिएको हो। यसअघि उनीहरु दुबैलाई स्पष्टीकरण सोधिएको थियो।

पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए।सोहीअनुसार सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?