आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
  • रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ।
  • रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। आंशिक फाइदा भए पनि लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। यात्राकाे साइत जुर्न सक्छ। टाढाका साथीभाइ नजिकिनेछन्।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसाय र अध्ययनमा भने समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च पनि बढ्न सक्छ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

धनु :  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिनेछ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार्ने माैका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ। मनग्य धनलाभ हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
यस्ता छन् चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण एजेण्डा
यस्ता छन् चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण एजेण्डा
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो