सिन्धुपाल्चोक २ मा शेरबहादुरले पशुपति शमशेरलाई ७ हजार मतान्तरले हराए
सारांश
- सिन्धुपाल्चोक, मंसिर २३ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ विजयी हुनुभएको छ ।
- उहाँले ३८४०१ मत ल्याउर विजयी हुनुभएको हो ।
- उहाँका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरले ३०३६९ मत प्राप्त गरेका थिए ।
सिन्धुपाल्चोक, मंसिर २३ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ३८४०१ मत ल्याउर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरले ३०३६९ मत प्राप्त गरेका थिए । तामाङले पशुपति शमशेरलाई ७७३२ मतले हराउनुभएको छ ।
सिन्धुपाल्चोकका दुबै क्षेत्र निकै चासोका साथ हेरिएको थियो । सिन्धुपाल्चोक १ मा पनि वर्तमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई माओवादी नेता अग्नि सापकोटाले पराजित गर्नुभएको छ ।
हेभिवेट उम्मेदवार मानिएका पशुपति शमशेर राणालाई एमाले नेता तामाङले पराजित गर्नुभएको हो । चौथोपटकको प्रतिस्पर्धामा तामाङको यो दोस्रो जित हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया