एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।
  • एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ ।

काठमाडौँ, १२ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ ।

प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १३७ पदक जितेको छ । दक्षिण कोरियाले २९ स्वर्ण, २७ कांस्य, ४३ रजत गरी १०९, आयोजक इन्डोनेसिया २२ स्वर्ण, १६ रजत र २८ कास्यसहित ६६ पद जित्न सफल भएको छ ।

त्यसैगरी इरानले १७ स्वर्ण, १५ रजत, १५ कास्य, चाइनिज ताइपेईले १२ स्वर्ण, १२ रजत र १७ कास्य, उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत र सात कास्य, थाइल्याण्डले नौ स्वर्ण, १० रजत र ३३ कास्य, भारतले आठ स्वर्ण, १३ रजत र २० कास्य, काजाकिस्तानले सात स्वर्ण, आठ रजत र २९ कांस्य जित्न सफल भइसकेका छन् । आजसम्म १९४ स्वर्ण, २९४ रजत र ४०७ कास्य गरी ९९५ पदकको छिनोफानो भइसकेको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

(link)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?