घट्यो इन्धनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७९
|
|
२० पटक हेरिएको
Shares
घट्यो इन्धनको मूल्य

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
  • शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ।

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो। हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो। पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ। तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?