नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
१८२ पटक हेरिएको
Shares
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा

सारांश

  • भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको साढे ४ प्रतिशत सेवा शुल्क भारतले हटाएको छ ।
  • भारतको वित्त मन्त्रालय, राजश्व विभागले हालै मात्र सूचना निकालेर सेवा शुल्क हटाएको हो ।
  • सूचनामा भारतको कर लाग्ने क्षेत्रमा गए यो कर लाग्ने तर, दोस्रो मुलुकमा जाने सामान भने यो कर नलाग्ने उल्लेख छ ।

भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको साढे ४ प्रतिशत सेवा शुल्क भारतले हटाएको छ ।

भारतको वित्त मन्त्रालय, राजश्व विभागले हालै मात्र सूचना निकालेर सेवा शुल्क हटाएको हो । सूचनामा भारतको कर लाग्ने क्षेत्रमा गए यो कर लाग्ने तर, दोस्रो मुलुकमा जाने सामान भने यो कर नलाग्ने उल्लेख छ ।

तर, कागजजातहरुमा आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाउनु पर्नेछ ।

करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । भारतले यो आफ्नो बन्दरगाहाबाट आयात गर्ने सबैका लागि लगाएको थियो ।

यसले नेपाललाई ठूलो असर गरेको थियो । भारतीय बाटो हुँदै आउने सबै बस्तुको मूल्य बढ्ने देखिएको थियो । सेवा शुल्क लगाउने भारतको निर्णयको विरोध गर्दै नेपालले भारतीय पक्षसँग खारेजको माग गरेको थियो ।

नेपालले भने भूपरिवेष्ठित राष्ट्रका हैसियतमा भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै पनि कर नलगाउन माग गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Tips on how to Meet a good Woman — Get Away and Match More Women If you need to Find Out Tips on how to Meet an excellent Woman
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित

तपाईंले छुटाउनुभयो कि?