एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
सारांश
- काठमाडौं, पुस २३ ।
- सेलिब्रेटी हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो मेकअप स्टुडियोलाई भारतको वेष्ट बंगालस्थित सिलीगुडीमा समेत विस्तार गरेका छन् ।
- केही वर्षदेखि सिलुगडीमा हेयर सलुन सञ्चालन गर्दै आएका डेभिडले सलुनसँगै एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि विस्तार गरेका हुन् ।
काठमाडौं, पुस २३ । सेलिब्रेटी हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो मेकअप स्टुडियोलाई भारतको वेष्ट बंगालस्थित सिलीगुडीमा समेत विस्तार गरेका छन् । केही वर्षदेखि सिलुगडीमा हेयर सलुन सञ्चालन गर्दै आएका डेभिडले सलुनसँगै एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि विस्तार गरेका हुन् ।
अन्तर्राष्ट्रियस्तरको उनको एनडीके मेकअप स्टुडियो तथा एकेडेमीको एक समारोहबीच उनकै आमा तुलसा सिलवालले शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा निल डेभिडले आप्mनो मेकअप स्टुडियो र सलुन सन् २०१६ मा काठमाडौं र झापाको विर्तामोडबाट सञ्चालनमा ल्याएको जानकारी गराउँदै सिलुगुडीका सौन्दर्य पारखी तथा सेलिब्रेटीको माग बमोजिम त्यहाँ पनि मेकअप स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याइएको बताए। निलले थाइल्याण्ड, नयाँ दिल्ली, सिंगापुर र थाइल्याण्डका नाम चलेका हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टहरुका साथ हेयर स्टाइल र मेकअपसम्बन्धि तालिम र अध्ययनपछि नेपालमा आएर यी विधामा काम गर्न थालेका हुन् ।
विभिन्न नेपाली सेलिब्रेटीलाई हेयर स्टाइलमार्फत नयाँ लुक्स प्रदान गर्दै नेपाल र भारतका विभिन्न स्थानमा हेयर सलुन सञ्चालन गरी पहिलो नेपाल आइडलको हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टसमेत रहेका निलले झापाको लक्ष्मीपुरस्थित जन्मथलोमा एसियाकै ठूलो हेयर एकेडेमीसमेत सञ्चालनमा ल्याउन लागेका छन् ।
‘मेरो जन्मभूमि लक्ष्मीपुरका लागि केही गर्ने ठुलो सपना थियो । यो सपना पूरा गर्न लक्ष्मीपुरमा एसियाकै ठुलो निल डेभिड्स इन्टरनेशनल हेयर एकेडेमी सञ्चालन गर्न लागेको हुँ,’ उनले भने– ‘आगामी वैशाख ८ गते सिलन्यास हुनेछ ।’
उनका अनुसार यो एकेडेमी ४ तल्लाको हुनेछ । सिसै सिसाबाट बन्ने भवनमा विश्वका उत्कृष्ट ब्राण्ड र होष्टलको सुविधासमेत उपलब्ध हुनेछ । यो सपना ‘मेरोमात्र होइन, यसबाट धेरैको सपना साकार हुनेछ भन्ने विश्वास लिएको छु । यसबाट म वर्षेनी ३० जना गरिबलाई निः शुल्क ट्रेनिङ दिएर जब दिने योजना बनाएको छु,’ उनले भने– ‘यसबाट मेरोसँगै उनीहरुको सपना पनि पूरा हुनेछ र जीवनयापन सरल बन्न पुग्नेछ ।’
निलले भारतमा पनि आप्mनो निल डेभिड्स हेयर सलुन ब्राण्डको फ्रेञ्चाईजी विस्तार हुँदै जाँदा झापाको लक्ष्मीपुर निल डेभिड्स इन्टरनेशनल हेयर एकेडेमी सञ्चालन गर्न लागेका हुन् ।
उनले मुम्बईको स्वस्ती मेनेमजेन्ट कम्पनीसँग भारतका विभिन्न शहरमा आफ्नो एक शय ब्राण्ड फ्रेञ्चाईजी सञ्चालन गर्ने गरी सम्झौता गरेका छन् ।
जसअनुसार आसामको गुहाटीमा फ्रेञ्जाइजी सञ्चालनमा ल्याईसकेका छन् भने आगमी १६ जनवरीमा बलिउडका बिग बी अमिताभ बच्चनको नगरी अलाहबादमा अर्को फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
अलाहबादमा व्यवसायी सोमानीले १ करोड भारतिय रुपैयाँको लागतमा २७ शय स्क्वायरमा सो फ्रेञ्चाइजी तयार गरिरहेको उनले बताए । यसका साथै वाराणासी, लखनउ, बेंगलोर र नयाँदिल्लीमा समेत फ्रेञ्चाइजी सञ्चालनमा आउने उनले बताए ।
उनी भारतबाहेक अन्य देशमा पनि आप्mनो फ्रेञ्चाइजी सञ्चालन गर्ने तयारीमा छन्। उनका अनुसार सन् २०१९ मा अष्ट्रेलियाको सिड्नीमा समेत उनको फ्रेञ्चाइजी सञ्चालनमा आउनेछ । काठमाडौंमा आधा दर्जनका साथ बिर्तामोड, पथरी, नेपालगञ्ज, भैरहवा, र धरानमा समेत फ्रेञ्चाइजी खोल्ने सम्झौता गरिसकेका निलले पहिलोपटक एकै ठाउँमा महिला र पुरुषको हेयरसम्बन्धी सेवा दिने गरी अत्याधुनिक सुविधाका साथ निल डेभिड्स युनिसेक्स हेयर सलुन सञ्चालनमा ल्याएपछि उनलाई पछ्याँदै विभिन्न शहरमा त्यस खाले सलुन सञ्चालनमा आईरहेका छन् ।
प्रतिक्रिया