यौन सम्पर्क गरे काम दिन्छु भने: खान
सारांश
- काठमाडौं ९ कातिक।
- भारतीय अभिनेता इरफान खानले यौन सम्पर्क गरे फिल्ममा काम दिने भनेर पटक पटक प्रस्ताव आएको खुलासा गरेका छन्।
- नयाँ फिल्म ‘करिब करिब सिंगल’को बारेमा जानकारी दिन आयोजित कार्यक्रमपछि भएको कुराकानीको क्रममा अभिनेता खानले यस्तो प्रस्ताव महिला र पुरुष दुवैबाट आएको बताए।
काठमाडौं ९ कातिक। भारतीय अभिनेता इरफान खानले यौन सम्पर्क गरे फिल्ममा काम दिने भनेर पटक पटक प्रस्ताव आएको खुलासा गरेका छन्। नयाँ फिल्म ‘करिब करिब सिंगल’को बारेमा जानकारी दिन आयोजित कार्यक्रमपछि भएको कुराकानीको क्रममा अभिनेता खानले यस्तो प्रस्ताव महिला र पुरुष दुवैबाट आएको बताए।
‘मलाई उनीहरुले सुत्ने हो भने काम दिने भनेर कैयौ प्रस्ताव वा सिधै संकेत आएको थियो । यस्तो प्रस्ताव गर्ने महिला र पुरुष दुवै थिए’ बिबिसीसँग उनले भने, ‘यो पहिलो पहिलो यस्तो हुन्थ्यो। अहिले यस्तो हुँदैन ।’ उनले पुरुषको तुलनामा महिलामा यस्तो बढी हुने बताए । ‘तपाईलाई हुदैन भन्ने अधिकार छ । जबरजस्तीको जति निन्दा गरेपनि कम हुन्छ । कुनै व्यक्तिले कसैको साथ यस्तो पटक पटक गर्छ भने त्यसको पर्दापास गर्न आवश्यक हुन्छ ।’
हलिउडका शक्तिशाली व्यक्ति हार्वी वाइस्टिनको सेक्स स्क्यान्डल सार्वजनिक भएपछि विश्वभर चलचित्र उद्योगभित्र हुने यौन शोषणको बारेमा चर्चा शुरु भएको छ ।
यौन उत्पीडन एउटा रोग भएको भन्दै खानले यसले समाजको अवस्थालाई चित्रण गर्ने बताए । यस्तो समाजमा यौन सम्बन्धी चर्चा नहुने भन्दै उने भने, ‘यसमा शक्तिशाली पक्षले अरुको शोषण गर्छ ।’
प्रतिक्रिया