प्रधानमन्त्रीको भ्रमण सफल भन्दै देउवालाइ लगाइन सुजाताले यस्तो आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भ्रमण सफल भन्दै देउवालाइ लगाइन सुजाताले यस्तो आरोप

सारांश

  • काठमाडौं, ४ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् ।
  • सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन् ।

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ ।

आयोजित साक्षात्कारमा बोल्दै उनले भनिन्,“पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।”

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन् । “गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ।” कोइरालाले अघि भनिन्–“पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ।”

अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।

अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको जिकिर थियो । पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाई छ । महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्ने बताईन् ।

कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त पत्रकारको प्रश्नमा उनले जोसुकै भएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गरिन् । ‘‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भगवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ।”–उनले भनिन् ।

पार्टीको नीति, सिद्धान्त र विचारभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् ।

फरक प्रसंगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरि भ्रमणलाई केन्द्रित गर्न सुझाब दिइन् ।

विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश चीनबाट नेपालले फाइदा लिनका लागि प्रधानमन्त्रीको भ्रमण सफल हुने कोइरालाले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
१४ जुवाडे पक्राउ
१४ जुवाडे पक्राउ
भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी
भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
रात्रिबस दुर्घटनामा ६ घाइते
रात्रिबस दुर्घटनामा ६ घाइते
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

तपाईंले छुटाउनुभयो कि?