ओझेलमा कठबेरुवा झरना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
ओझेलमा कठबेरुवा झरना

सारांश

  • दाङको राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
  • प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको छ ।
  • पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके समग्र राजपुरको विकास हुने राजपुर गाउँपालिका–१ का वडाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

दाङको राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको छ ।

पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके समग्र राजपुरको विकास हुने राजपुर गाउँपालिका–१ का वडाध्यक्ष विष्णु बुढाले बताउनुभयो । उहाँले यस क्षेत्रलाई वनभोज क्षेत्रको रुपमा विकास गर्न लागिएको बताउनुभयो । “झरनाको प्रचारप्रसारको कमी छ, यसले गर्दा कतिपय पर्यटकलाई यसको बारेमा जानकारी छैन”, अध्यक्ष बुढाले भन्नुभयो, “यसको विकासका निम्ति जोडतोडले लागेका छौं ।”

एकान्त जङ्गल, पहाडको फेदमा अवस्थित उक्त कठबेरुवा झरनामा वनभोजसँगै घुम्न र नुहाउन पाउँदा स्थानीवासी हर्षित हुन्छन् । त्यहाँ वर्षेनी पाँचदेखि छ हजारको सङ्ख्यामा पर्यटक आउने गरेको स्थानीयवासी मदन डिसीले जानकारी दिनुभयो । पछिल्लो समय राजपुर गाउँपालिका र वडा कार्यालयको सहकार्यमा कठबेरुवा झरना वरिपरि वनभोज स्थल निर्माणका लागि योजना अघि सारेका छन् । वनभोजमा आउने पर्यटकको सजिलोका लागि राजपुर गाउँपालिका–१ को कार्यालयले रु एक लाख खर्च गरी टहरा निर्माण गरेको छ ।

पहाडबाट झरेको पानीलाई त्यहाँ आसपासका करीब ८०० घरधुरीले सिँचाइका लागि प्रयोग गर्छन् । आर्थिक वर्ष २०७५÷७६ मा राजपुर गाउँपालिकाले रु आठ लाख खर्च गरेर पानी बग्ने स्थानमा पक्की नाला निर्माण गरेको थियो । राजपुर गाउँपालिका–१ गुरुङखोलाका ३८० घरधुरी, कठबेरुवाका ४०० र मटेरियाका करीब ६० घरधुरीले उक्त झरनाको पानीलाई सिँचाइका लागि प्रयोग गर्छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?