मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २४, २०७३
|
|
२२५ पटक हेरिएको
Shares
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…

सारांश

  • महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले ठमेलका मसाज तथा स्पाका एक जना एजेन्टलाई पक्राउ गरेपछि धेरैजसो मसाज तथा स्पामा देहव्यापार हुने गरेको रहस्य बाहिर आएको हो ।
  • ठमेलको सडकमा घुमफिर गरिरहेका भारतीय पर्यटकलाई मसाजका युवती मिलाइदिने विषयमा कुरा गरिरहेको अवस्थामा अर्जुन कार्की पक्राउ परेका हुन् ।
  • २०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीपछि ठमेलमा देहव्यापार पुनः फस्टाएको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले ठमेलका मसाज तथा स्पाका एक जना एजेन्टलाई पक्राउ गरेपछि धेरैजसो मसाज तथा स्पामा देहव्यापार हुने गरेको रहस्य बाहिर आएको हो । ठमेलको सडकमा घुमफिर गरिरहेका भारतीय पर्यटकलाई मसाजका युवती मिलाइदिने विषयमा कुरा गरिरहेको अवस्थामा अर्जुन कार्की पक्राउ परेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीपछि ठमेलमा देहव्यापार पुनः फस्टाएको छ । सगरमाथा स्पा सञ्चालक रमेश श्रेष्ठलाई पक्राउ गरिएको छ । अन्य स्पाका सञ्चालक भने फरार छन् । देहव्यापारमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने जनाइएको छ ।

spa“स्पामा सेन्टरमा खुलेआम यौन धन्दा सडकमै युवतीको मोलमोलाई दराल र यौन ब्यबसायिको बिगबिगि”

मसाजका युवतीका लागि ग्राहक खोजेर मसाज पु-याएबापत उनले तीन सयदेखि पाँच सय रुपियाँ कमिसन लिने गरेको खुलेको छ । मसाजका युवतीले भने एकपटक एक जना नेपालीबाट १५ सयदेखि तीन हजारसम्म र विदेशीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको पाइएको छ ।

 

 

प्रस्तुति: समिप गौतम
शिखरन्युज

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?