लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

सारांश

  • काठमाडौं।
  • नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखिन्छ।
  • विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं। नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखिन्छ। विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो। लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ। रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो। राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ।

काठमाडौं उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ। यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन्। कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ।

यसैगरी काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हुँदा चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयको तेस्रो विमान काठमाडौं आइपुग्यो
हिमालयको तेस्रो विमान काठमाडौं आइपुग्यो
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी
रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका
उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
महिना दिनदेखि किशोरी बेखबर
महिना दिनदेखि किशोरी बेखबर