ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ५, २०७७
|
|
१७ पटक हेरिएको
Shares
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत

सारांश

  • ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेतप्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चट्टानी अडान लिने भएका छन् ।
  • उनले कुनै हालतमा ओलीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ ।
  • ओलीसँग सहकार्य नगर्ने मात्र नभई उनको कदमलाई साथ दिनेलाई पनि प्रचण्डले साथ नदिने भएका छन् ।

ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेतप्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चट्टानी अडान लिने भएका छन् । उनले कुनै हालतमा ओलीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ ।

ओलीसँग सहकार्य नगर्ने मात्र नभई उनको कदमलाई साथ दिनेलाई पनि प्रचण्डले साथ नदिने भएका छन् । ओलीले प्रतिनिधि सभा विघटनको कदम चाल्दा जो जो मौन बसे तिनीहरुसँग प्रचण्ड सहकार्य नगर्ने पक्षमा पुगेका छन् । जो जो विघटनविरुद्ध कडा रुपमा उभिए उनीहरुसँग नै सहकार्य गरेर बढ्ने प्रचण्डको रणनीति खुलेको छ ।

प्रचण्डले आज सिन्धुलीमा पुगेर कार्यकर्तामाझ चालेको कदम असंवैधानिक भन्नेहरुसँग समिकरण बन्ने खुलासा गरे । त्यस्तो समिकरण र सहकार्य पार्टीहरुसँग र ती पार्टीका व्यक्ति विशेषसँग पनि हुनसक्ने संकेत गरे । यसैलाई आधार बनाएर प्रचण्डले राजनीतिक तरंग ल्याउने कदम चाल्ने भएका छन् । उनले काठमाडौं आएलगत्तै त्यस्तो निर्णय गरेर बढ्ने बुझिएको छ ।
प्रचण्डले हिजो सिन्धुली पुगी रिफ्रेश भएपछि नयाँ जोसका साथ बोलेका छन् । अब उनी फेरि नयाँ जोससाथ प्रस्तुत हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय आएको समेत बताए । हटाउन नयाँ प्रधानमन्त्रीका बारे समेत प्रचण्डले संकेत गरे । ओलीको कदमविरुद्ध खरो रुपमा प्रस्तुत भएको व्यक्ति नै प्रधानमन्त्री हुनसक्ने प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?