होली खेलेको पैसाबाट बिरामीलाई फलफूल
सारांश
- दार्चुला, २० फागुन,दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन् ।
- होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष विक्रम बडालले जानकारी दिनुभयो ।
- दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताउनुभयो ।
दार्चुला, २० फागुन,दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन् ।
होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष विक्रम बडालले जानकारी दिनुभयो ।
दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताउनुभयो । होली खेलेर रु ४५ हजार जम्मा गरेको दुहु गाउँपालिका होली कमिटीले सामाजिक कार्यका लागि चाहिने भाँडाकुँडा खरिद गर्नाका साथै बचेको रकमबाट बिरामीलाई फलफूल वितरण गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्य गर्न सुझाव दिनुभयो ।
Suv Ashirwad
Holi khelda ni paisa painx?