ओलीको अस्त्रले काँग्रेसभित्र धाँजा फाट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • संसद बिघटनले ल्याएको राजनीतिक कम्पनले नेपाली काँग्रेसभित्र पनि धाँजा फाटेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमपछि घोषित मध्यावधि चुनावमा जाने या नजाने विषयमा काँग्रेसभित्र व्यापक अन्र्तद्वन्द्व बढेको हो ।
  • यसले काँग्रेसमा समेत धाँजा फटाउन शुरु गरेको छ ।

संसद बिघटनले ल्याएको राजनीतिक कम्पनले नेपाली काँग्रेसभित्र पनि धाँजा फाटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमपछि घोषित मध्यावधि चुनावमा जाने या नजाने विषयमा काँग्रेसभित्र व्यापक अन्र्तद्वन्द्व बढेको हो । यसले काँग्रेसमा समेत धाँजा फटाउन शुरु गरेको छ ।

विश्वस्त स्रोतका अनुसार काँग्रेसभित्रको सभापति शेरबहादुर देउवा पक्ष संसद बिघटनकै पक्षमा सर्वोच्च अदालतले फैसला दिनेमा ढुक्क छ । त्यसैले देउवा निकटस्थ एनपी साउद, डा. नारायण खड्का मध्यवाधि चुनावको तयारीमा लाग्नुपर्ने पक्षमा छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद बिघटनको विरुद्ध आन्दोलनमा जानुपर्ने दबाबका कारण काँग्रेस सडकमा उत्रिएको हो । तर, यसमा देउवा पक्षको दिलचस्पी देखिदैन ।

संसद बिघटन गराउने ओलीको कदममा देउवाको समेत साथ रहेको विषय पौडेल पक्षका नेताहरुमाझ चल्न थालेको छ । संवैधानिक परिषदका कतिपय नियुक्तिमा देउवाले चाहेका व्यक्तिहरु सिफारिश भएका छन् । यसमा देउवाले ओलीसँग राजनीतिक लेनदेन गरेको पौडेल पक्षमाझ छलफल हुन थालेको छ । देउवा ओलीलाई सहयोग गर्न बढेको भन्दै पौडेल पक्षले विस्तारै विषय उठान गर्ने तयारी गरेको छ ।

संसद पुनःस्थापना नभए के होला र ?

मध्यावधि चुनावमा देश जाने अवस्था बनेमा देउवा पक्ष सहभागी हुनेतर्फ बढ्नसक्छ । त्यतिबेला पौडेल पक्षको अडान फरक हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल पक्ष सडकबाट भएपनि संसद पुनःस्थापना गराएर देशलाई निकास दिनुपर्ने अडानका लागि तयारी अवस्थामा छ । यसले काँग्रेसभित्र झन् अन्र्तद्वन्द्व बढाउनसक्छ ।

ओलीले निर्वाचन गर्नका लागि घोषणा गर्नुभएको होइनः भीम रावल

ओलीले फालेको मध्यावधि चुनावको अस्त्रले उनको दल नेकपा विभाजित भएको छ । यो अस्त्रको कम्पनले अन्य दलमा पनि धाँजा फाँट्न थालेको छ । जसमा काँग्रेस पनि परेको हो ।

देउवाले अप्रत्यक्ष रुपमा ओलीको मध्यावधि चुनाव घोषणामा खुशी मनाए । उनले नेकपा फुटेको अवस्थामा चुनाव भएमा काँग्रेसले बहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने सपना देख्न थालेका छन् । तर, ओलीले कुनै हालतमा चुनाव नगर्ने बरु सार्दै पूरा पाँच वर्ष सरकारमा रहने विश्लेषण पौडेल पक्षले गर्न थालेको छ । राजनीतिक दाउपेचको खेलहरु भइरहेकाले काँग्रेस मध्यावधि चुनावको आशामा अगाडि बढेमा खाडमा पर्ने उक्त पक्षको ठम्याई रहेको निकटस्थ स्रोतले बताएको छ ।

संसद पुनःस्थापना भए के होला ?
अदालतले संसद पुनःस्थापना गर्ने फैसला नगरेमा चुनावमा जाने या सडकमा जाने विषयमा काँग्रेसभित्र ठुलो संघर्ष हुने निश्चितप्रायः छ । यसले फाटेको धाँजा अझ बढ्न सक्छ ।

राजनीतिक कोर्स यसरी बढ्दैछ कि ओली र देउवा एकातर्फ प्रचण्ड र पौडेल अर्कातर्फ हुँदैछन् । नेकपा विभाजित अवस्थामा छ । काँग्रेसमा पनि धाँजा फाटिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
झोलामा राखेको ७ दिनको बच्चा बसमा रोएपछि…
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक
दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी
दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
गुल्मीका स्थानीय तहमा रु १३ करोड बेरुजु
गुल्मीका स्थानीय तहमा रु १३ करोड बेरुजु