ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
सारांश
- काठमाडौं ।
- आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएका थिए ।
- यी मध्ये खरेल र खनाल जनताका प्रिय प्रहरीको रुपमा चिनिइसकेका छन् ।
काठमाडौं । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएका थिए । यी मध्ये खरेल र खनाल जनताका प्रिय प्रहरीको रुपमा चिनिइसकेका छन् ।
नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब दुई साता मात्र बाँकी छ । प्रहरी महानिरीक्षक (आईजीपी) का लागि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नाम चयन गर्ने अन्तिम तयारीमा रहेको छ ।
जनआकांक्षा अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै जना जनप्रिय प्रहरी अधिकारी खरेल र खनाललाई प्रहरी महानिरिक्षक (आईजीपी) बनाउने चतुर निर्णय लिएका छन् ।
अहिले सरकारले रमेश खरेललाई जिम्मेवारी दिने र उनी सेवा अवधिका कारण खनालभन्दा एक बर्षपहिले अवकाश पाउने भएकाले उनको अवकाशपछि सर्वेन्द्र खनाललाई जिम्मेवारी दिने गरी सबैको मन बुझाइसकेको जनाइएको छ ।
वरीयताका आधारमा अहिले सर्वेन्द्र खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।
उनी १ फागुन २०४५ मा नै असईबाट प्रहरी सेवा प्रवेश गरेका कारण खनाल र कार्की भन्दा अगाडी नै सेवा अवधिका कारण अवकास लिन्छन् । तर खरेलपनि खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए ।
खरेलकोे अवकाशपछि २०७५ फागुन १ पछि खनाललाई आईजीपी बनाउने बचनका साथ ओलीले प्रहरी संगठनभित्रपनि मिलाइसकेको बुझिएको छ । खरेल र खनालसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका थिए । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् । उनी भने चर्चा मै आउन सकेनन् ।
रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए । तर पछि उनलाई पछाडी पारियो । २०७५ मा उनी अवकाश पाएपछि पालो आउनेछ । सर्वेन्द्र खनालको । खनालले पनि छोटो समय नेतृत्व पाउनेछन् ।
नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने भएको हो ।
Laxmi Upreti
Thikai ho kura
Pop Thapa Magar
good
Kul Rai
Good policy. Both are deserve to IGP.
Ashok Rai
Sahi kuro
जय श्री कुसुन्ती
खरेल हुन्छ वा हुँदैनमा चल्ने भएकोले नेताले पन्छाउन पनि सक्छन् ।
Rai Kumar
अब चाहिँ देशमा केही परिवर्तन काे अाशा पलाए जस्तो छ।
Man Bahadur
Kp oli ko thick sochai aaba vane deshma k hi holajasto xa
Tirtha Upreti
All is beaste police officer