इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध

सारांश

  • इरानले अमेरिकाको सैन्य अखडामा आक्रमण गरेको छ ।
  • बुधबार विहानै इराकस्थित दुई वटा सैन्य अखडामा मिसाइल हमला गरेको हो ।
  • आक्रमणबाट कुनै हताहती नभएको जनाइएको छ ।

इरानले अमेरिकाको सैन्य अखडामा आक्रमण गरेको छ । बुधबार विहानै इराकस्थित दुई वटा सैन्य अखडामा मिसाइल हमला गरेको हो । आक्रमणबाट कुनै हताहती नभएको जनाइएको छ । दर्जनौं मिसाइल हमलाका कारण अमेरिका र इरानबीचको तनाव बढेको छ ।

आक्रमण गरेको अल असद एयरबेस इराकमा रहेको ठूलो र पुरानो सैन्य अखडा हो । अनबर प्रान्तमा रहेको अखडामा कुनैबेला इस्लामिक संगठन आएसको गतिविधि थियो । त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा भ्रमण गरेका थिए ।

अर्को सैन्य अखडा दी इरबिल बेस हो । कुर्दिस क्षेबमा रहेको अखडामा अमेरिकाले कुर्दिस लडाकुसँग मिलेर आइएसविरुद्ध युद्ध गरेको थियो ।
अमेरिकाले इरानी सैन्य कमान्डर कसिम सोलेमानीको इराकमा हत्या गरेपछि दुई देशबीच तनाव बढेको हो । इरानले आक्रमणको कठोर जवाफ दिने धम्की दिइसकेको छ ।

इराकमा अमेरिकी सैनिक हटाउन त्यहाँको संसदले प्रस्ताव पारित गरिसकेको छ । इरानले इराकमा अमेरिकी सेना हटाउने गरी रणनीतिक रुपमा आक्रमणहरु बढाउने देखिएको छ । यसले मध्यपूर्वमा थप तनाव बढेको छ ।

सोलेमानीको हत्या बगदादमा भएको थियो । पछिल्लो समय इराकमा इरानको प्रभाव बढ्दै जाँदा अमेरिकी हमला भएको हो । अमेरिकी सैन्य हटाउने इरानले सैन्य रणनीति अगाडि बढाएको देखिदैछ । यसकारण अमेरिका र इरानबीचको द्धन्द्ध इराकमा केन्द्रित हुँदै गएको छ ।(एजेन्सीको सहयोगमा कपभतअज कयगचअभस् बदअलभधक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?