खैरो हेरोइनसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
खैरो हेरोइनसहित पक्राउ

सारांश

  • अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।
  • टोखा नगरपालिका–८ रमणबस्ती बाट २५.
  • २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने धादिङका मनिस भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ रमणबस्ती बाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने धादिङका मनिस भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै घटनाको अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको जनाएको छ । दुर्गा सिंमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?