अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
सारांश
- अस्बिन खड्का, १९ साउन ।
- अरुण तेस्रो जलबिधुत परियोजना को कार्यलय संंखुुवासभा मा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
- १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट गराउने डिबी सिलवाल लाई पक्राउ गरेको हो ।
अस्बिन खड्का, १९ साउन । अरुण तेस्रो जलबिधुत परियोजना को कार्यलय संंखुुवासभा मा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट गराउने डिबी सिलवाल लाई पक्राउ गरेको हो । उनी सँगै नेकपा माओवादी बिप्लवका कोशी इञ्चार्ज रहेका पुष्प कोइराला लाई समेत प्रहरीले इटहरीको तरहरा नजिक बाट पक्राउ गरेको छ।
यस्तै पुर्बका विभिन्न ठाँउमा बम बिस्फोट मा संलग्न रहेको आरोपमा सागर राई, छिरिङ शेर्पा र जनक निरौला पनि पक्राउ परेका छन् ।प्रहरीले उनिहरुलाई तरहरा, हलगडा, आईतबारे आसपासबाट पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनिहरुलाई बम बिस्फोट सम्बन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया