ओलीको सत्ता संकट टार्न को कसरी लागे

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
४१ पटक हेरिएको
Shares
ओलीको सत्ता संकट टार्न को कसरी लागे

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दशैं अगाडि बनेको तयारीको जानकारी पाएपछि उनी पक्षधरहरु दशैं नभनी सक्रिय भए ।
  • ओलीलाई हटाउन अविश्वासको प्रस्ताव सम्म आउन सक्ने भएपछि संसदीय दलमा बहुमत सुरक्षित गर्न सक्रिय भए ।

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दशैं अगाडि बनेको तयारीको जानकारी पाएपछि उनी पक्षधरहरु दशैं नभनी सक्रिय भए । ओलीलाई हटाउन अविश्वासको प्रस्ताव सम्म आउन सक्ने भएपछि संसदीय दलमा बहुमत सुरक्षित गर्न सक्रिय भए ।

ओली पक्षधर नेताहरु मध्ये एउटा समूहले सांसद आफ्नो पक्षमा पार्न सक्रियता देखाए । यसरी सक्रिय हुनेहरुमा सचिवालय सदस्य ईश्वर पोखरेल, सांसद महेश बस्नेतलगायत थिए । पोखरेलले सार्वजनिक रुपमा नेकपामा फुटको खतरा बढेको खुलाए । बस्नेतलाई ओलीलाई कसैले हटाउन नसक्ने भन्दै चुनौती दिए ।

सांसद आफ्नो पक्षमा पार्न एउटा समूह सक्रिय भइरहँदा ओली निकटस्थ केही नेताहरु भने विरोधीलाई मिलाउन सक्रिय भइरहे । ओलीको दूत बनेर उनीहरु कहिले खुमलटार त कहिले कोटेश्वर धाइरहे । गत हप्ता प्रचण्डसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अलग अलग भेटेर सहमति बनाउन पहल गरे ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई ओली स्वयंले दुई पटक भेटे । कोटेश्वरमा विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु पनि पटक पटक पुगेर सहमति बनाउन खोजे ।

नेकपाभित्र दुर्घटना हुन नदिन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भइन् । उनले मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवास बोलाएर छलफल गरिन् । गौतमलाई पार्टी एकता जोगाउन आग्रह गरिन् ।

यसरी नेकपाभित्र ओलीको सत्ता संकटलाई पार्टी एकतासँग जोडेर उनी पक्षधर नेताहरु सक्रिय भए । दोस्रो तहका नेताहरुको सक्रियताले केही सकारात्मक संकेतहरु दिएपनि ओलीले बुधबार चुनौतीका साथ आफूले कुनै हालतमा राजीनामा नदिने बताए । उनको यो अभिव्यक्तिले फेरि तरंग आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
अब उपनाम राखेर पनि नागरिकता लिन सक्ने
अब उपनाम राखेर पनि नागरिकता लिन सक्ने
हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली
हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
आज विश्वासको मत लिदै देउवा, देउवाको पक्ष र विपक्षमा कति सांसद पुग्लान् ?
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने