बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७८
|
|
३३ पटक हेरिएको
Shares
बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

सारांश

  • काठमाडाैं।
  • नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ।
  • हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्।

काठमाडाैं। नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ।
हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्। नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेकाे समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनाल तीन हजार १७५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला दुई हजार ३४५ रहेको छ। कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उहाँको प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुईहजार १८८ मत प्राप्त गरेका छन्।
मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नजिता पनि आउने छ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो। [image: Gopal-Krishna-Ghimire.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै
नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीहरुको निर्णय
शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीहरुको निर्णय
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?

तपाईंले छुटाउनुभयो कि?