ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा ऋषि धमलाले आफ्नो पुरानै शैलीमा सोधे, “केपी शर्मा ओलीज्यू, एमाले–माओवादी केन्द्रबीचको एकता के हुँदैछ ?
  • जनता जान्न चाहन्छन् ।

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा ऋषि धमलाले आफ्नो पुरानै शैलीमा सोधे, “केपी शर्मा ओलीज्यू, एमाले–माओवादी केन्द्रबीचको एकता के हुँदैछ ? जनता जान्न चाहन्छन् ।” पहिले नै सो विषयमा बोलिसकेका ओलीले ठट्टाको शैलीमा उल्टै प्रश्न गरे, “ऋषिजी, जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”

“पार्टी एकताको कुरा चलिरहेकै छ”, ओलीले थपे, “विभिन्न कार्यदलहरु गठन भएका छन् र तिनका बैठक र तिनले गरेका सहमतिहरु तपाईंले नै संप्रेषण गर्दै आउनु भएको छ ।” पार्टी एकताको विषयमा कुनै शंका नगर्न ओलीले आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा एक पत्रकारले प्रधानमन्त्री नहुँदै भारतीय प्रधानमन्त्री मोदीको फोन आयो । त्यसलाई हस्तक्षेपको रुपमा लिनु भएको छैन ? भनेर सोधेका थिए । उनले फेरि पनि उल्टै प्रश्न गरे, “फोन पनि धम्की हुन्छ ?” त्यसपछि हलमा हाँसो गुञ्जिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?