महाभियोग प्रस्ताव फिर्ता लिनुस्:राष्ट्रपति
सारांश
- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएकी छिन् ।
- महाभियोगपछिको विकसित घटनाक्रमबारे अवगत गराउन सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भण्डारीले त्यस्तो सुझाब दिएकी हुन् ।
- कार्यपालिकाको अनावश्यक हमला र हस्तक्षेपबाट न्यायपालिकाको मर्यादा र गरिमा समाप्त हुनेप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले फिर्ता लिँदा सकारात्मक सन्देश जाने भन्दै गम्भीर ध्यानाकर्षणसमेत गराइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएकी छिन् । महाभियोगपछिको विकसित घटनाक्रमबारे अवगत गराउन सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भण्डारीले त्यस्तो सुझाब दिएकी हुन् ।
कार्यपालिकाको अनावश्यक हमला र हस्तक्षेपबाट न्यायपालिकाको मर्यादा र गरिमा समाप्त हुनेप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले फिर्ता लिँदा सकारात्मक सन्देश जाने भन्दै गम्भीर ध्यानाकर्षणसमेत गराइन् । स्रोतका अनुसार न्यायपालिकाको इतिहासमा एउटा सक्षम र निर्भीक महिलाले नेतृत्व गर्ने अवसर पाएका वेला महाभियोग प्रस्तावले सरकारको अनावश्यक हस्तक्षेपको गलत सन्देश प्रवाहित भएकोमा समेत राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी थिइन् ।
‘अहिलेको विकसित घटनाक्रम (महाभियोग प्रस्ताव) ले स्थानीय तहको निर्वाचन, मंगलबारको उम्मेदवार मनोनयन र न्यायपालिकामाथि कस्तो प्रभाव पर्ला भन्ने राष्ट्रपतिज्यूले जिज्ञासा र चिन्ता प्रकट गर्नुभयो,’ राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले विकसित घटनाक्रमकै कारण चुनाव नरोकिने प्रस्ट्याउँदै निर्धारित मितिमै सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो ।’
जवाफमा प्रधानमन्त्रीले भने, ‘महाभियोगकै कारण ३१ वैशाखमा हुने निर्वाचनको सबै तयारी पूरा भइसकेकाले रोकिँदैन । मंगलबार उम्मेदवारी मनोनयन हुन्छ । महाभियोग मेरो चाहना थिएन । सरकारको कतिपय काममा उहाँ (प्रधानन्यायाधीश)ले अनावश्यक हस्तक्षेप गरेजस्तो देखियो । तैपनि कसरी हुन्छ, यसमा एउटा समझदारी भइदियोस् भन्ने मेरो पनि चाहना छ । महाभियोग संवैधानिक प्रक्रियाअनुसार अघि बढ्छ, यसले चुनावमा कुनै असर गर्ने छैन ।’
(Vistaril)
प्रतिक्रिया