नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २५, २०७८
|
|
४५ पटक हेरिएको
Shares
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने

सारांश

  • नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
  • नेता नेपालले आफूनिकट सांसदहरु र केही प्रभावशाली नेताहरुसँगको पटक पटकको लामो छलफलपछि यस्तो निश्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् । नेता नेपालले आफूनिकट सांसदहरु र केही प्रभावशाली नेताहरुसँगको पटक पटकको लामो छलफलपछि यस्तो निश्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

पार्टीभित्रको अन्तरविरोधको कारण नेता नेपाल पक्षधर सांसदहरुले त्यो भन्दा अघि नै सामूहिक राजनीनामा दिने हल्ला चलिरहेको बेला यस्तो कुरा बाहिर आएको हो । तत्काल राजीनामा दिँदा सांसद पद नै जाने र आगामी दुई वर्षसम्म सांसदविहीन बन्नुपर्ने अवस्था आउने भएकोले नेपाल पक्षले राजीनामा नदिने मनशाय बनाएको छ । तर, नेता नेपालले कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने रणनीति भने बनाएका छन् ।

त्यसका लागि जनता समाजवादी पार्टी, नेपाललाई विश्वासको मतको विपक्षमा उभ्याउन प्रयत्न गर्ने पनि उनको योजना छ । सोहीअनुसार नेता नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफलमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । उता, माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मत लिने प्रधानमन्त्रीको योजनालाई विफल तुल्याउने निर्णय गरिसकेको छ ।

जसपामा भने प्रधानमन्त्री ओलीलाई साथ दिने वा नदिने भन्नेबारे एकमत देखिएको छैन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर भने ओलीलाई साथ दिनुपर्ने पक्षमा देखिएका थिए । तर, पछिल्लो समय उनलाई साथ दिने नेताहरु नै यादवको कित्तामा पुगेकोले जसपा पनि ओलीलाई विश्वासको मत नदिने पक्षमा पुगेको निश्कर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । आज÷भोलिभित्रै पार्टीको संसदीय दलको बैठक राखेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भन्नेबारे जसपाले निर्णय गर्ने नेता डम्बर खतिवडाले सम्भावना सुनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
पहाडी र हिमाली क्षेत्रमा उक्लँदै तराईका रोग
हाकिमलाई प्रचण्ड र बिप्लवका कार्यकर्ताद्वारा मोसो
हाकिमलाई प्रचण्ड र बिप्लवका कार्यकर्ताद्वारा मोसो
‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने
‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
निजामति कर्मचारीको तलब नबढ्ने संकेत, विभिन्न भत्ता कटौती गरीने !
निजामति कर्मचारीको तलब नबढ्ने संकेत, विभिन्न भत्ता कटौती गरीने !
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…