ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए

सारांश

  • काठमाडौं, ४ फागुन – २०७३ साउन १९ गते पद छोडेर बाहिरिँदै गर्दा केपी ओलीले प्रधानमन्त्री निवास, बालुवाटारको बगैंचामा बिरुवा रोपेका थिए ।
  • नौमहिने कार्यकालमा अनगिन्ती सपना सुनाएका ओलीले ‘विकास र समृद्धि’ को बिरुवा रोपेर हिँडेको सन्देश दिन आफ्नो बहिर्गमनमा भिन्न शैली अपनाएका थिए ।
  • झन्डै १९ महिनापछि विकास र समृद्धिको त्यही सांकेतिक बिरुवा हुर्काउने जिम्मेवारीसहित ओली दोस्रोपटक बिहीबारबाट सत्ताको बागडोर सम्हाल्न आइपुगेका छन् ।

काठमाडौं, ४ फागुन – २०७३ साउन १९ गते पद छोडेर बाहिरिँदै गर्दा केपी ओलीले प्रधानमन्त्री निवास, बालुवाटारको बगैंचामा बिरुवा रोपेका थिए । नौमहिने कार्यकालमा अनगिन्ती सपना सुनाएका ओलीले ‘विकास र समृद्धि’ को बिरुवा रोपेर हिँडेको सन्देश दिन आफ्नो बहिर्गमनमा भिन्न शैली अपनाएका थिए । झन्डै १९ महिनापछि विकास र समृद्धिको त्यही सांकेतिक बिरुवा हुर्काउने जिम्मेवारीसहित ओली दोस्रोपटक बिहीबारबाट सत्ताको बागडोर सम्हाल्न आइपुगेका छन् । आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले खबर लेखेका छन् ।

संविधानअनुसार तीनै तहको निर्वाचन सकिएपछि संघीयताको व्यावहारिक कार्यान्वयन थालनी भएको छ । स्थानीय तह र प्रदेशस्तरका सरकारसमेत बनिरहेका छन् । यी सबैको केन्द्रीय कमान्ड सम्हाल्ने कप्तानका रूपमा सिंहदरबारमा ओलीको ‘दोस्रो इनिङ’ सुरु भएको हो ।

यसअघि संसद्मा दोस्रो पार्टीको नेताका रूपमा अन्य दलहरूको गठजोड बनाएर प्रधानमन्त्री बनेका ओली यसपटक आफ्नो दलीय हैसियत एक तह बढोत्तरी गर्दै जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । निकट भविष्यमै एउटै पार्टी बन्न लागेको सन्देश दिन उनी माओवादी केन्द्रका ५३ सांसदसहित एमालेका १ सय २१ जनाको समर्थन रहेको दाबी गर्दै बिहीबार राष्ट्रपति कार्यालय पुगेका थिए । उनका साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठसहित एमाले नेताहरू माधव नेपाल, सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, अग्नि खरेल आदि थिए । संविधानको धारा ७६९२० बमोजिम कुल १ सय ७४ सांसदको समर्थन रहेको दाबी पेस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै अपराह्न शपथसमेत गराइन् ।

एमाले अध्यक्ष ओली नयाँ संविधान जारी भएलगत्तै २०७२ असोज २४ मा तत्कालीन माओवादी केन्द्रसहितका दलको समर्थनमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । सरकारको नेतृत्व आलोपालो गर्ने ‘भद्र सहमति’ कार्यान्वयन नभएको भन्दै सत्ता सहयात्री माओवादीले विपक्षी दलसँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव ल्याएपछि उनले राजीनामा दिएका थिए । माओवादीसँगको सम्बन्धका कारण नौ महिनामै सत्ता छोड्ने स्थितिमा पुगेका ओली पुनस् त्यही दललाई साथमा लिएर प्रधानमन्त्री बनेका छन्– उक्त पार्टीसँग एकीकरण नै गर्ने मार्गचित्रसहित ।

ओलीले पहिलो प्रधानमन्त्रित्वकालमा भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । मधेसी दलहरू आन्दोलनमा थिए । भारतसँगको परनिर्भरता तोड्न उनले चीनसँग पारवहनलगायत रणनीतिक प्रकृतिका सम्झौता गरे । त्यसको कार्यान्वयन नहुँदै उनको बहिर्गमन भयो । त्यसको कार्यान्वयनलगायत विकास–समृद्धि ल्याउने स्थिर सरकारको नारा दिँदै उनी पछिल्ला तीन चुनावको परिणाम आफ्नो दलका पक्षमा पार्न सफल भए ।

कुनै समय माओवादीका कट्टर आलोचक थिए– ओली । पहिलो संविधानसभा चुनावमा माओवादीबाटै पराजय भोगेका थिए । पहिलो प्रधानमन्त्रित्वकाल माओवादीकै कारण अन्त्य भएकाले उनीहरूको सम्बन्ध अरू बिग्रियो । स्थानीय तहको निर्वाचनसम्म ओलीले माओवादीलाई रुचाएको देखिएन । तर स्थानीय चुनावको परिणाम एमालेले अपेक्षा गरेअनुसार नआएपछि उनले आफूलाई बदले । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा त गठबन्धनसहित पार्टी एकता नै गर्ने तहको घनिष्ठता माओवादीसँग कायम गरे । ओली २००८ फागुन ११ गते तेह्रथुम, इवामाको सामान्य किसान परिवारमा जन्मेका हुन् ।

पिता मोहननाथ ओली र आमा मधु ओलीको कोखबाट जन्मेका उनको बाल्यकाल निकै दुस्खसाथ बित्यो । सानै हुँदा आमाको निधन भयो, बाबुले दोस्रो विवाह गरे । पहाडको गरिबीका कारण तेह्रथुमबाट ओली परिवार झापा झर्योा । झापामा दुस्खजिलो गर्ने थोरै खेत पनि बाढीले बगाएपछि खान–लाउनै निकै ठूलो समस्या पर्यो  । त्यही समयमा ओली रामनाथ दाहालका घरमा बस्न थाले । दाहाल पञ्चायतकालमा सुखानीमा मारिएका नेता हुन् । दाहालको संगतमा हुर्केका ओलीले उनीबाटै विद्यालय अध्ययनमा सहयोग पाए । दाहाल भूमिगत रूपमा पञ्चायतविरुद्धको आन्दोलनमा लागिसकेका थिए । त्यही क्रममा ओली पनि राजनीतिमा आकर्षित भएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hombahadur Gurung

    Congratulation PM Oli.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?