अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
सारांश
- काठमाडौं, माघ ८ ।
- रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, मा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
- दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम मुसीकोटकी पुष्पा खड्का केसी र सल्यान बाघचौरकी सन्तरी विक रहेका छन् ।
काठमाडौं, माघ ८ । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, मा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम मुसीकोटकी पुष्पा खड्का केसी र सल्यान बाघचौरकी सन्तरी विक रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।
आइतबार दिउँसो २ बजेतिर ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरत विकले बताए । घाइतेहरुको यो खवर तयार पार्दै गर्दा सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको उनले जानकारी दिए ।
बस दुर्घटनाको कारण पत्ता नलागेको जानकारी दिइएको छ । अहिले घाइतेको उद्धारमा लागेको हुँदा दुर्घटनाबारे वृस्तृत जानकारी केही बेरमै प्राप्त हुने प्रहरीले बताएको छ ।
सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ । अन्यको उद्दार कार्य जारी छ । थप विवरण आउन बाँकी छ ।
बसमा ३५ जनाभन्दा बढि सवार रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया