रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।

सारांश

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य का लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीसहित कार्यकर्ताको समूह लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
  • उनको उम्मेदवारीमा पूर्व सभासद रामचन्द्र पोख्रेल प्रस्तावक तथा मानकाजी श्रेष्ठ समर्थक बसेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य का लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीसहित कार्यकर्ताको समूह लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको उम्मेदवारीमा पूर्व सभासद रामचन्द्र पोख्रेल प्रस्तावक तथा मानकाजी श्रेष्ठ समर्थक बसेका छन्। वरिष्ठ नेता पौडेलले देशमा शान्ति र संविधान पार्टीको नेतृत्वमा आएकाले समृद्धिका लागि अब आफ्नो उम्मेदवारी भएको बताए।

टिकट वितरणमा असन्तुष्ट ठानिएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २(१) बाट प्रदेस सभा सदस्य उम्मेदवारी दर्ता गराएका छन्। अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

जोशीको बागी उम्मेदवारी
यसअघि पौडेल लडेकै क्षेत्रमा कांग्रेसकै पूर्व सह महामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी र्ता गराएका थिए। आफ्ना समर्थक कार्यकर्ताको ठूलो दलबल र नेपाली कांग्रेसको झण्डाका साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय गएका जोशीले कार्यकर्ताले आफूलाई टिकट दिएको भन्दै उम्मेदवारी दर्ता गरेका हुन्।

उनले आफू राजनीतिक हिसाबले आधिकारिक भए पनि प्राविधिक हिसाबले अरु आधिकारिक भएको भन्दै कार्यकर्ताको साथ हुने भए पछि केही फरक नपर्ने बताए।तर पौडेलले भने आफूलाई कसैको उम्मेदवारीले केही फरक नपर्ने प्रतिक्रिया दिए। नेकपा एमालेले पौडेल उठेको क्षेत्रमा यसअघि उनीसँगै चुनाव लडेका नेता कृष्णकुमार श्रेष्ठ ‘किसानलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?